×

राजनीतिक प्रतिशोध रोकिएन भने चुप बसिन्न : सांसद मनिष झाको चेतावनी

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

काठमाडौं, २३ वैशाख — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै राजनीतिक प्रतिशोध रोकिएन भने निष्क्रिय नबस्ने चेतावनी दिएका छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पार्टी सभापति रवि लामिछाने, पूर्व सांसद रेशम चौधरी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग जोडिएका घटनालाई नियोजित रुपमा राजनीतिक बदला लिन खोजिएको संदेहजनक शृङ्खलाको संज्ञा दिए।

झाले भने, “पछिल्लो समय देखिएका कतिपय गतिविधिहरू राजनीतिक प्रतिशोधकै संकेत हुन्। हाम्रो पार्टी यसप्रति गम्भीर छ र यस्ता कार्यहरूलाई सजग नजरले हेरिरहेको छ। अब के सिके राउतमाथि पनि यस्तो क्रम अगाडि बढ्छ? यो चुपचाप सहन सकिने अवस्था होइन।”

सांसद झाले जानकी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा नदिएकोप्रति पनि असन्तुष्टि जनाउँदै धार्मिक–सांस्कृतिक सम्मानका विषयमा संवेदनशील हुन सरकारलाई आग्रह गरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *