पोखराको वडा नं. १७ मा एक दुखद पारिवारिक घटनामा एक पुरुषले आफ्नै पत्नीको ज्यान लिएर पछि आत्महत्या गरेका छन्।
प्रहरीका अनुसार स्थानीय ५७ वर्षीय ऋषिराम बरालले घरायसी विवादका कारण आफ्नी पत्नी देवीमाया पराजुलीको हत्या गरेका हुन्। प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको विवरणअनुसार उनी दुई पत्नीमध्ये कान्छी पत्नीका साथमा बस्दै आएका थिए।
गृहकलह चर्किएपछि उनले आक्रोशमा आइ आफ्नी कान्छी श्रीमतीमाथि प्रहार गरी हत्या गरेको र त्यसपछि आफूले पनि आत्महत्या गरेको खुलेको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।