×

संक्रमणकालीन न्यायमा पीडितको सहभागिता सुनिश्चित गर्ने देउवाको आश्वासन

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौं, वैशाख २२ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय प्रक्रिया अन्तर्गत गठन गरिने आयोगहरूमा द्वन्द्वपीडितको प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

सोमबार बुढानीलकण्ठस्थित देउवाको निवासमा ध्यानाकर्षण पत्र बुझाउन पुगेका पीडित प्रतिनिधिहरू—देवी खड्का, डा. राम भण्डारी, मैना कार्की, सुमन अधिकारी, गीता रसाइली, गोपालबहादुर शाह र फणीन्द्र लुइँटेलसँगको छलफलमा देउवाले सो प्रतिबद्धता जनाएका हुन्।

देउवाले भेटमा स्पष्ट रूपमा भनेका थिए, “पीडितको प्रतिनिधित्व हुने सुनिश्चित म गर्छु, तपाईंहरू दुई जनाको नाम दिनुहोस्, जिम्मा म लिन्छु।”

भेटपछि सहभागी खड्काले जानकारी दिँदै बताइन्, “संक्रमणकालीन न्यायका लागि गठित सिफारिस समितिले पीडितहरूसँग सल्लाह नगरेको गल्ती स्वीकार गर्दै देउवाले त्यसको जिम्मा लिने संकेत दिएका छन्।”

ध्यानाकर्षण पत्र बुझाउन गएका पीडित प्रतिनिधिहरूले सिफारिस समितिले कानुन अनुसार पीडितको सल्लाह लिनुपर्ने व्यवस्था अवमूल्यन गरेको भन्दै आपत्ति समेत जनाएका थिए।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x