×

भोजपुर गइरहेको बस धनकुटामा पल्टिँदा एकको ज्यान गयो, १३ घाइते

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

धनकुटा — धरानबाट भोजपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस धनकुटाको गोठगाउँमा दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

शनिबार बिहान करिब १०:१५ बजे धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गको गोठगाउँमा बस सडकबाट तल खस्दा दुर्घटना भएको हो। १ ख २१७७ नम्बरको सो बस धरानबाट धनकुटा हुँदै भोजपुर जाँदै थियो।

जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी ७३ वर्षीया कृष्णकुमारी राईको उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो। अन्य घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्रहरीका अनुसार घटनामा परी घाइते भएका अन्य यात्रुहरूमा भोजपुरका सूर्यमणि तामाङ, अनमोल तामाङ, सुनसरीका कृष्ण राउत, बस चालक रुद्र तामाङ, गङ्गाप्रसाद सापकोटा, सविना बराइली, देवी टविक, हंशबहादुर राई, कापुर्णमाया तामाङ, लिलाबहादुर श्रेष्ठ, दीर्घमाया राई, आयुष राई र धनकुमार विक छन्।

सबै घाइतेलाई उद्धार गरी जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको छ। बस कसरी दुर्घटना भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *