अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यापार नीतिमा कडाइ गर्ने क्रम जारी राख्दै अब विदेशमा निर्माण हुने चलचित्रमाथि १०० प्रतिशत भन्सार लगाउने चेतावनी दिएका छन्।
ट्रम्पले अमेरिकी चलचित्र उद्योग “संकटतर्फ अग्रसर” भएको भन्दै यसलाई जोगाउन यस्तो निर्णय लिन लागिएको बताएका हुन्। उनले अमेरिकी वाणिज्य विभाग र व्यापार प्रतिनिधिलाई आवश्यक प्रक्रिया अगाडि बढाउन अधिकार दिने तयारी गरेको बताए।
ट्रम्पले विदेशी देशहरूले आफ्ना चलचित्र उद्योगलाई दिइरहेको सहयोगलाई “राष्ट्रिय सुरक्षामाथिको खतरा” को संज्ञा दिँदै, त्यसकै असरले अमेरिकी स्टुडियोहरू विदेशतर्फ आकर्षित भएको आरोप लगाए।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत लेखे, “यो केवल व्यापार होइन, यो सन्देश र प्रपोगान्डासँग पनि सम्बन्धित छ। हामी फेरि अमेरिकामै बनेका फिल्महरू चाहन्छौं!”
अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ट्रम्पको भनाइको समर्थन गर्दै प्रक्रिया अगाडि बढिरहेको बताएका छन्।
तर यो प्रस्तावले विदेशमा फिल्म बनाउने अमेरिकी कम्पनीहरूमा पनि असर पर्ने हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन।
हालैका चर्चित चलचित्रहरू जस्तै ‘डेडपूल एन्ड वुल्भरिन’, ‘विक्ड’ र ‘ग्लेडिएटर २’ जस्ता फिल्महरू अमेरिका बाहिर छायांकन गरिएका छन्। यस्तै, ‘अवतार’, ‘एभेन्जर्स’ र ‘मिसन: इम्पोसिबल’ जस्ता फ्रान्चाइजहरू पनि मुख्यतः विदेशमै खिचिएका छन्, जसमा अबको नीति कति असर पार्नेछ भन्ने अझै स्पष्ट छैन।
ह्वाइट हाउस फर्किएपछि ट्रम्पले विश्वका धेरै मुलुकमा नयाँ कर नीतिहरू लागू गरेका छन्। उनका अनुसार यसले अमेरिकी उत्पादनलाई प्रवर्धन गर्ने र रोजगारको सुरक्षामा योगदान पुग्नेछ। तर अर्कोतर्फ, यसबाट विश्व अर्थतन्त्रमा अस्थिरता सिर्जना भई सामानहरूको मूल्यमा वृद्धि हुने अनुमान गरिएको छ।
ट्रम्पले आफ्नो कार्यकाल सुरु गर्नु अघि जोन भोइट, मेल गिब्सन, र सिल्भेस्टर स्टेलोनलाई विशेष दूत नियुक्त गरेका थिए, जसले हलिउडमा व्यवसायिक अवसर प्रवर्धन गर्न सहयोग गर्ने उद्देश्य राखिएको थियो।
चलचित्र क्षेत्रमा अनुसन्धान गर्ने संस्था ‘प्रोडप्रो’ले सार्वजनिक गरेको तथ्यांक अनुसार, २०२४ मा अमेरिका विश्वकै प्रमुख फिल्म निर्माण केन्द्र बनेको देखिए पनि कुल उत्पादन खर्च २६ प्रतिशतले घटेको उल्लेख गरिएको छ।
त्यसै अवधिमा अष्ट्रेलिया, न्यूजील्याण्ड, क्यानडा र बेलायत जस्ता देशहरूले विदेशी फिल्म निर्माणलाई आकर्षित गर्ने उपायहरू अपनाएका छन्।
अर्कोतर्फ, चीनले पनि अप्रिल महिनामा आफ्नो देशमा प्रदर्शन गर्न दिइने अमेरिकी फिल्महरूको कोटा घटाउने घोषणा गरिसकेको छ। साथै अमेरिकाबाट आयात हुने वस्तुमा १२५ प्रतिशत कर लगाएर जवाफी कदम चालेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.