काठमाडौँ, २१ वैशाख । संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल टुंग्याएको छ।
आइतबार बसेको अन्तिम बैठकमा उपसमितिले विधेयकका सबै दफाहरूमा छलफल सकाएको हो। अब बाँकी प्रक्रिया अन्तर्गत प्रतिवेदन लेखन कार्य बाँकी रहेकाले समितिमा पेश गर्न केही समय लाग्ने शिक्षा समितिका सचिव दरशथ धमलाले जानकारी दिए।
सचिवालयको टोलीले प्रतिवेदन तयार पार्नेछ। त्यसपछि उपसमितिमा पारित गराई मुख्य समितिमा पेस गरिने प्रक्रिया अघि बढ्नेछ। धमलाका अनुसार भोली बस्ने समितिको बैठकमा थप समय मागिनेछ, जसका लागि करिब १० दिनको आवश्यकता पर्न सक्ने अनुमान गरिएको छ।
उपसमितिलाई विधेयकमाथि अध्ययन गर्न ३५ दिनको म्याद दिइएको थियो। उक्त अवधिमा समितिले ३९ बैठक सम्पन्न गरेको थियो। छलफलको क्रममा कुनै पनि विषयमा असहमति नरहेको र सबै बुँदामा सहमति भएको सचिव धमलाले जनाए।
१६३ दफा समावेश विधेयकमा १ हजार ७५८ संशोधन दर्ता भएका थिए। उपसमितिले प्रदेशस्तरमा समेत गएर सात वटा प्रतिवेदन तयार पारेको थियो। दफावार छलफलको क्रममा विधेयक, संशोधनहरू, विज्ञहरूको सुझाव र संकलित प्रतिवेदनलाई आधार बनाइएको थियो।
यसै विधेयकलाई लिएर नेपाल शिक्षक महासंघसँग असार १५ भित्र प्रतिनिधिसभामा विधेयक पेश गर्ने सहमति भएको छ। शिक्षा समिति सभापति अम्मर बहादुर थापा, नेपाली कांग्रेस र नेकपा एमालेका मुख्य सचेतकहरूले पनि विधेयक असार १५ भित्र पास गरिने प्रतिबद्धता जनाएका थिए।
त्यही प्रतिबद्धता र सहमतिलाई मध्यनजर राख्दै शिक्षकहरूले २९ दिनसम्म चलेको आन्दोलन र शैक्षिक हड्ताल स्थगित गरेका थिए।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.