×

कञ्चनपुरमा चट्याङले लियो २४ वर्षीया महिलाको ज्यान, श्रीमान् घाइते

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

२१ वैशाख, दोधारा चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित तिल्कीमा चट्याङ लागेर एक युवतीको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

आज बिहान घरनजिकै रहेको तरकारी बारीबाट फर्किंदै गर्दा २४ वर्षीया लालमती रानामाथि चट्याङ परेको हो। घटना स्थलमै उनको मृत्यु भएको पुष्टि गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खडकबहादुर खत्रीका अनुसार चट्याङले लालमतीका २५ वर्षीय श्रीमान् रतनसिंह रानालाई पनि छोएको थियो। उनी घाइते अवस्थामा रहेकाले हाल धनगढीस्थित निःसर्ग अस्पतालमा उपचाररत छन्।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x