विषयक अन्तरक्रियात्मक संगोष्ठी कार्यक्रम आयोजना काठमाडौँ, बैशाख २१, आइतवार मिडिया एड्भोकेसी फोरम नेपालले समलिङ्गी विवाहबारे धार्मिक समुदायको दायित्व विषयक गोष्ठीको आयोजना गरेको छ । अन्तरधार्मिक अगुवाहरू, सञ्चारकर्मी, समाजसेवी, नागरिक समाज तथा अभियन्ताहरूको उपस्थितिमा गरिएको सो कार्यक्रममा समलिङ्गी सम्बन्धलाई दर्ता गरी कानूनी मान्यता दिएर वैधानिकता दिनु कालान्तरमा समाज र राष्ट्रको संरचना, पारिवारिक संरचनाको लागि घातकसिद्ध हुने तथा नैतिक मूल्यमान्यताको विपरीत हुने वक्ताहरूको साझा धारणा व्यक्त भएको थियो । माफ नेपालका संस्थापक अध्यक्ष तथा अधिकारकर्मी विदुर अधिकारीले पछिल्लो समय विश्वमा र हाम्रो राष्ट्रमा समेत समलिङ्गी विवाह र पारलैङ्गिकता जस्ता गम्भीर विषयले व्यापकता पाउँदै गएको र देशको कानुन निर्माण तथा न्यायिक फैसलामा समेत यसले प्रभाव पार्दै आएकोले यस विषयमा धार्मिक समुदाय तथा धर्मगुरूहरूको साझा बुझाइ र अवधारणा निर्माण गरी सो विषय सरोकारवाला निकायहरू तथा आम नागरिकमा एक मार्गदर्शनका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता महसुस गर्दै सो गोष्ठिको आयोजना गरिएको बताउनुभयो । बानेश्वरस्थित होटल अर्यालमा आयोजित उक्त कार्यक्रममा ७० जनाको उपस्थिति रहेको थियो भने अन्त्यमा सहभागी तथा सञ्चारकर्मीहरूका प्रश्नका लागि समय समेत उपलब्ध गराइएको थियो । अब यस कार्यक्रमबाट एक प्रकारले जनादेश झैँ लिएर, शान्तिपूर्ण खबरदारी सभा तथा व्यापक जनचेतनाका कार्यक्रमहरू आयोजना गरिने कुरा कार्यक्रम सञ्चालक समेत रहेका माफ अध्यक्ष विदुर अधिकारीले बताउनुभयो । उक्त कार्यक्रममा ब्रह्मकुमारी नेपालका प्रतिनिधि तथा प्रेरक वक्ता राजु घले, समाजसेवी तथा नागरिक सरोकार नेपालका कार्यकारी निर्देशक डा जोमेश ओड, मानवअधिकार आयोगका पूर्व सदस्य डा के.बी. रोकाया, अन्तरधार्मिक शान्तिका रामचन्द्र भण्डारी, इसाई धर्मगुरू एनसिएफएनका अध्यक्ष रेभ. हनोक तामाङ, किरात धर्मं तथा साहित्य उत्थान संघ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दङ्गधोज खोयाहाङ्ग साथै माफ नेपालका महासचिव निरोज तोलाङे, तथा सञ्चारकर्मी तथा अभियन्ता प्रमोद खड्काले समेत सम्बोधन गर्नुभएको थियो । यस मामिलमा सुरूवात देखि नै सरोकार राख्दै आएको अभियान नागरिक सरोकार नेपालका अध्यक्ष डा. सुन्दर बहादुर थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सभाध्यक्ष थापाले अबको मार्गचित्र के कसो भनी प्रश्न गर्नुहुँदै यस मामिलालाई गम्भिरता साथ लिन सञ्चार क्षेत्र लगायत सरोकारवाला निकायहरूलाइ आह्वान समेत गर्नुभयो । समलिङ्गी विवाह र पारलैङ्गिकता जस्ता गम्भीर विषय प्रकृति र ईश्वरीय विधानका विपरीत हुन् भन्ने अवधारणा यस अघिका विभिन्न कार्यक्रमहरूमा अभिव्यक्त भइसकेको र अब यसका विपक्षमा सबै धार्मिक समुदायको साझा आवाज रहेकोले यो विषय राज्यको सरोकारवाला निकायहरूसम्म पुर्याउनुपर्ने र खबरदारी समेत गर्नुपर्ने गहन जिम्मेवारी सम्पूर्ण धार्मिक समुदाय र धर्मगुरू तथा अभियन्ताहरूमा आइपुगेको आयोजकले निष्कर्ष निकालेको छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.