×

कोशी प्रदेश सरकारलाई एकीकृत समाजवादीको १६ बुँदे मागपत्र, मुख्यमन्त्री कार्कीको सकारात्मक आश्वासन

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

२१ वैशाख, विराटनगर ।
कोशी प्रदेशमा बजेट निर्माणको प्रक्रिया अघि बढिरहेको बेला नेकपा (एकीकृत समाजवादी) प्रदेश कमिटीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १६ बुँदे मागपत्र बुझाएको छ।

आइतबार पार्टीकी प्रदेश अध्यक्ष सरिता खड्काको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा तत्कालीन प्राथमिकता र दीर्घकालीन योजनासम्बन्धी विषयहरू समेटिएका छन्।

मुख्यमन्त्री कार्कीले मागहरू अध्ययन गरी प्रदेश सरकारको क्षमता भित्रका विषयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए।
ज्ञापनपत्र बुझाउने टोलीमा पूर्वमुख्यमन्त्री तथा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई समेत सहभागी थिए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *