×

नारायणी अस्पताल निर्माण प्रकरण : ९ जना र ठेकेदार कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्ष भवन निर्माणमा देखिएको अनियमिततासम्बन्धी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरलगायत विभिन्न सरकारी कर्मचारी र निर्माण कम्पनी ‘लुम्बिनी-मिसन जेभी’ मिलेर सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा कानुनी कारबाही अघि बढाइएको हो।

यो प्रकरणमा १ करोड ८४ लाख ३८ हजार ४५८ रुपैयाँ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अन्य संलग्न व्यक्तिहरुमा शहरी विकास तथा भवन कार्यालय, पर्साका तत्कालीन इञ्जिनियर राजेन्द्र साह, म. सकुर अन्सारी, अस्पताल प्रशासनका शुशीलप्रसाद यादव, लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समितिका संयोजक डा. वीरेन्द्रबहादुर प्रधान, सदस्य सचिव माधवी चौधरी रहेका छन्।

त्यस्तै, ठेकेदार कम्पनी ‘मिशन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि’का प्रमुख जगत बुढा र ‘लुम्बिनी बिल्डर्स’का तत्कालीन प्रबन्ध निर्देशक विष्णु प्रसाद शर्मामाथि समेत मिलेमतोमा भ्रष्टाचार गरेको आरोप लागेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार २०७७/७८ मा भएको निर्माण सम्झौतामा इन्टरलक ब्लक बिछ्याउने काममा प्रतिस्पर्धा सीमित पार्दै एकै कम्पनीलाई लक्ष्य गरी ठेक्का सम्झौता गरिएको प्रमाणित भएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x