×

प्रहरी हिरासतमै कक्षा १२ परीक्षा: अधिकार सुनिश्चित गर्न समन्वयात्मक पहल

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जना युवाले प्रहरी हिरासतमै बसेर कक्षा १२ को परीक्षा दिएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको समन्वयमा उनीहरूलाई शिक्षा अधिकार सुनिश्चित गर्नका लागि छुट्टै परीक्षा केन्द्र व्यवस्थापन गरिएको हो। जिल्ला शिक्षा समन्वय इकाइको सहकार्यमा उक्त परीक्षा सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ।

परीक्षा दिने विद्यार्थीहरूमा सिराहा निवासी दिनेश महतो, सिन्धुपाल्चोकका दावा शेर्पा, स्याङ्जाका सौगातकुमार बिक, धादिङका सरोज थापा, नुवाकोटका सिमन घले र एक जना भारतीय नागरिक अमन साकिन रहेका छन्।

उनीहरूको परीक्षाका लागि छुट्टै केन्द्राध्यक्ष, पर्यवेक्षक (गार्ड) र बेञ्चको व्यवस्था गरिएको थियो।

तीनकुनेमा भएको एक आन्दोलनको क्रममा संलग्न रहेको आशंकामा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। हाल उनीहरूविरुद्ध आवश्यक अनुसन्धान भइरहेको छ।

शिक्षा अधिकार सुनिश्चित गर्न प्रहरी र शिक्षा निकायबीच भएको यस्तो समन्वयले कानुनी प्रक्रियासँगै मानवीय पक्षलाई पनि सन्तुलनमा राख्ने प्रयास भएको बताइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x