×

युवा नेता दाहालको शिक्षामा योगदान : विद्यालयलाई कम्प्युटर हस्तान्तरण

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

सिद्धिचरण नगरपालिका वडा नं-१, तलुवा स्थित श्री सप्तकन्या आधारभूत विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरिएको छ।

नेपाली कांग्रेस ओखलढुंगा महासमिति सदस्य तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य लिलाबल्दभ दाहाल (काका)ले उक्त कम्प्युटर विद्यालय प्रशासनलाई हस्तान्तरण गरेका हुन्।

स्थानीय स्तरमा शिक्षा क्षेत्रमा प्रविधिमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले गरिएको यो सहयोगले विद्यालयलाई डिजिटल शिक्षामा अभिप्रेरित गर्ने विश्वास लिइएको छ।

विद्यालय प्रशासनले नेता दाहालप्रति हार्दिक आभार प्रकट गर्दै यस्तो सहयोगले विद्यार्थीहरूको सिकाइमा ठुलो सकारात्मक प्रभाव पार्ने जनाएको छ।

सामाजिक उत्तरदायित्व अन्तर्गत जनताका धरोहर तथा सबैका प्रिय युवा नेताको रूपमा चिनिने दाहालले भविष्यमा पनि शिक्षा, स्वास्थ्य र युवाका क्षेत्रमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षामा प्रविधिको पहुँच वृद्धिसँगै ग्रामीण क्षेत्रका विद्यार्थीहरू पनि प्रतिस्पर्धात्मक शिक्षा प्रणालीमा जोडिन सक्ने विश्वास गरिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x