×

रवि लामिछानेमाथि षड्यन्त्र? त्रिपाठीको समर्थनमा न्यायको आवाज

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

२१ वैशाख, काठमाडौं — जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले भैरहवा कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट गरेका छन्।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै त्रिपाठीले लामिछानेले उच्च आत्मबलका साथ न्यायको अपेक्षामा बसिरहेको उल्लेख गरेका छन्। उनले रविलाई “प्रतिशोधको शिकार” भएको दाबीसमेत गरेका छन्।

त्रिपाठीले भनाइमा सत्ता पक्षले रवि लामिछानेमाथि ध्यान केन्द्रित गराएर अन्य ठूला सहकारी घोटालाका अभियुक्तलाई जोगाउने प्रयास गरिरहेको आशंका व्यक्त गरेका छन्।

उनले लेखेका छन्, “सहकारी काण्डमा संलग्न ठूला अपराधीहरू सत्ता संरक्षित छन्, अनुसन्धानको दायराबाट बाहिर छन्। रविजीको नाम चर्चामा ल्याएर वास्तविक दोषीहरूलाई जोगाउने चाल देखिन्छ। तर, सत्यलाई लामो समय लुकाउन सकिँदैन। चेतना भया।”

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x