×

पूर्व–पश्चिम राजमार्गमा कारले ठक्कर दिँदा बाबु–छोरीको मृत्यु

खालीपाना न्युजडेस्क | १ हप्ता अगाडि

रौतहटको चन्द्रपुर नगरपालिका–४, पूर्व–पश्चिम राजमार्गमा आज बिहान कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु र छोरीको ज्यान गएको छ।

दुर्घटनामा परेर गरुडा नगरपालिका–३, मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको निधन भएको हो।

ना ३ प ९५१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई हेटौंडाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले सवा ६ बजे ठक्कर दिएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएका बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अण्डकोषमा चोट लागेको थियो। उपचारका क्रममा स्थानीय हाइवे ट्रमा सेन्टरमै उनको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।

त्यस्तै, छोरी उर्मिलाको पनि दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। उपचारकै क्रममा बिहान ९ बजे उर्मिलाको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटनामा संलग्न कार र चालक हेटौंडा उपमहानगरपालिका–१२ का ४३ वर्षीय कुमार पोखरेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *