२१ वैशाख, काठमाडौं ।
सिङ्गापुरमा हालै सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री लरेन्स वङको नेतृत्वमा रहेको पिपुल्स एक्सन पार्टी (PAP) ले स्पष्ट बहुमतसहित सशक्त जित हासिल गरेको छ। कुल ९७ सिटमध्ये ८७ सिट जितेर पार्टीले सरकार बनाउने सुनिश्चित गरेको हो।
विजयपछि प्रधानमन्त्री वङले जनताको साथप्रति आभार व्यक्त गर्दै अगामी दिनमा अझ लगनशील भएर काम गर्ने प्रतिवद्धता जनाए। उनले भने, “हामीलाई जनताको दृढ समर्थन प्राप्त भएकोमा आभारी छौँ, जनविश्वासको सम्मान गर्न अझ कडा मेहनत गर्नेछौँ।”
सन् १९६५ देखि निरन्तर सत्ता सम्हाल्दै आएको पिपुल्स एक्सन पार्टीले यस पटक पनि प्रमुख प्रतिद्वन्द्वी वर्कर्स पार्टी लगायत साना दलहरूलाई पछि पार्दै अग्रता कायम राख्न सफल भएको हो। यसपटक झण्डै २६ लाख नागरिकले १२४० मतदान केन्द्रमा गएर आफ्नो मताधिकार प्रयोग गरेका थिए।
सिङ्गापुरको संसद सिंगल मेम्बर कन्स्टिचुएन्सी (SMC) र ग्रुप रिप्रिजेन्टेसन कन्स्टिचुएन्सी (GRC) मा विभाजित छ। GRC प्रणालीमा उम्मेदवारहरू ४ देखि ५ जनासम्मको समूहमा प्रस्तुत हुन्छन्, जसमा अनिवार्य रूपमा एक जना अल्पसंख्यक समुदायका प्रतिनिधि हुनुपर्छ।
एक निर्वाचन क्षेत्रमा पिपुल्स एक्सन पार्टी निर्विरोध विजयी भएको छ। स्वतन्त्रता प्राप्तिपछिको यो सिङ्गापुरको १४औँ आम निर्वाचन हो भने समग्रमा १९औँ आम चुनाव हो।
वर्ष २०२४ को मे महिनामा ली सीन लुङको सट्टा प्रधानमन्त्री बनेका लरेन्स वङ यसअघि अर्थमन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए। कोभिड महामारीका समयमा लिएका निर्णय र प्रभावकारी आर्थिक रणनीतिले उनलाई लोकप्रिय बनाएको थियो।
विपक्षी नेताका रूपमा वर्कर्स पार्टीका प्रीतम सिंह चर्चामा थिए। तर, पार्टीले केवल २६ सिटमा प्रतिस्पर्धा गरेकाले प्रधानमन्त्रीको दौडमा उनी कमजोर देखिए। साथै, उनलाई संसदमा गलत सूचना दिएको अभियोगमा ५,२२० सिङ्गापुर डलर जरिवाना पनि गरिएको थियो।
सिङ्गापुरमा २१ वर्ष उमेर नाघेका सबै नागरिकका लागि मतदान अनिवार्य छ। यहाँ फर्स्ट–पास्ट–द–पोस्ट प्रणाली लागू हुन्छ, जसमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार विजयी हुन्छ।
यसपालिको निर्वाचनमा ११ दल सहभागी भए पनि केवल पिपुल्स एक्सन पार्टीले सबै सिटमा उम्मेदवारी दियो। वर्कर्स पार्टीले २६ सिटमा मात्र प्रतिस्पर्धा गर्यो।
२०२० को निर्वाचनमा पिपुल्स एक्सन पार्टीले ८३ सिट जित्दा वर्कर्स पार्टीले १० सिट हात पारेको थियो। विगत ६५ वर्षदेखि निरन्तर सत्तामा रहँदै आएको पिपुल्स एक्सन पार्टीलाई सिङ्गापुरको दीर्घकालीन स्थिरताका लागि श्रेय दिइन्छ।
पार्टीले देशलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै समृद्ध राष्ट्रको हैसियतमा पुर्याएको जनमानसको विश्वास कायम छ। यद्यपि, आलोचकहरूले विपक्षी नेताहरू र स्वतन्त्र पत्रकारप्रति कठोर व्यवहार गरेको आरोप पनि लगाउने गर्छन्।
साथै, यहाँ चुनाव लड्नका लागि करिब साढे १७ लाख नेपाली रुपैयाँभन्दा बढीको धरौटी राख्नुपर्ने प्रावधान छ, जसले साना दलका उम्मेदवारलाई प्रतिस्पर्धाबाट टाढा राख्ने गरेको छ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.