×

पछाडि परेको बार्सिलोनाको चम्किलो पुनरागमन, भाल्लाडोलिडविरुद्ध २–१ को जित

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

२१ वैशाख, काठमाडौं । स्पेनिस फुटबलको शीर्ष डिभिजन ला लिगामा बार्सिलोनाले पछाडि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली रियल भाल्लाडोलिडलाई उसकै मैदानमा २–१ ले पराजित गर्न सफल भयो।

खेलको सुरुवातमै घरेलु टोलीले अग्रता बनाएको थियो। छैटौं मिनेटमा इभान सान्चेजले गोल गर्दै भाल्लाडोलिडलाई १–० को अग्रता दिलाए। पहिलो हाफमा पछि परेको बार्सिलोनाले दोस्रो हाफमा खेलको रङ नै फेरेको थियो।

दोस्रो हाफको ५४औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका राफिन्हाले बराबरी गोल गरे भने त्यसपछि ६ मिनेटमै फर्मिन लोपेजले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए।

उक्त अग्रता खेलको अन्त्यसम्म जोगाउँदै बार्सिलोनाले महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो। युरोपियन च्याम्पियन्स लिगको व्यस्ततालाई ध्यानमा राख्दै प्रशिक्षक हान्सी फ्लिकले टोलीमा ९ खेलाडी परिवर्तन गरेका थिए।

यो जितसँगै बार्सिलोनाको ३४ खेलबाट ७९ अंक पुगेको छ र उसले दोस्रो स्थानमा रहेको रियल मड्रिडमाथि ७ अंकको स्पष्ट अग्रता बनाएको छ। मड्रिडले ३३ खेल खेलेको छ र उसको खातामा ७२ अंक छन्।

अर्कोतर्फ, लगातार खराब प्रदर्शनका कारण भाल्लाडोलिड २०औं स्थानमा छ, र उसको कुल १६ अंक मात्र रहेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x