×

गैँडाकोटमा डा. कोइरालाको आह्वान : “युवाको काँधमै देशको भविष्य”

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले युवाको भूमिकालाई अत्यन्त महत्वपूर्ण भन्दै राष्ट्र निर्माणको जिम्मेवारी उनीहरूकै काँधमा रहेको बताएका छन्।

नेपाल तरुण दलद्वारा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोटमा आयोजना गरिएको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा बोल्दै डा. कोइरालाले युवा पुस्ताले देशको नेतृत्व सम्हाल्नुपर्ने समय आइसकेको उल्लेख गरे। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आर्थिक समृद्धिको मार्गमा युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा उनले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न युवाहरूलाई आग्रह गर्दै भने, “देशलाई परिवर्तन गर्ने ताकत युवामै छ, त्यसैले सचेत भएर अगाडि बढ्नुपर्छ।”

यस्तै, उनले संघीय सरकारद्वारा आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा गम्भीरता देखाउनुपर्ने धारणा राखे। चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका बुँदाहरू उपयोगी रहेको बताउँदै ती योजनाहरू अक्षरसः कार्यान्वयन हुनु जरुरी रहेको बताए।

अर्को सन्दर्भमा उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए। महाधिवेशनले पार्टीभित्र एकता सुदृढ बनाउने र संस्थालाई अझ सशक्त बनाउने विश्वास समेत उनले व्यक्त गरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *