×

न्युयोर्कमा कराते खेलाडी सन्तोष राई विशेष सम्मानित, ४४ सय डलर नगद पुरस्कार प्रदान

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्दै रजत पदक जितेका कराते खेलाडी सन्तोष राईलाई अमेरिकाको न्यूयोर्क सहरमा विशेष समारोहबीच नगद पुरस्कारसहित सम्मान गरिएको छ।

च्याम्पियन मार्शल आर्ट्स एकेडेमी यूएसए र युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रममा सन्तोषको खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

समारोहमा विभिन्न सहयोगी व्यक्तिहरूको संयुक्त प्रयासमा राईलाई कुल ४,४०० अमेरिकी डलर बराबरको नगद पुरस्कार प्रदान गरिएको थियो। च्याम्पियन मार्शल आर्ट्स क्लब यूएसएले १,००० डलर, डियन्जङ पुनले १,००० डलर, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले १,५०० डलर र रुद्र राईले ९०० डलर सहयोग गरेका थिए।

कार्यक्रमको अध्यक्षता साग तथा एपिएसकेएफका स्वर्ण पदक विजेता र च्याम्पियन मार्शल आर्ट्स क्लबका अध्यक्ष सुनील लामाले गरेका थिए। उनले प्रवासमा रहेका नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नु गौरवको विषय भएको बताए।

यस सम्मान समारोहको पहल युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका महासचिव मुक्ति राई र निवर्तमान अध्यक्ष ममता राईले गरेका थिए।

सन्तोषले हालै न्यूयोर्कको कोरोना क्षेत्रमा सम्पन्न च्याम्पियन मार्शल आर्ट्स इन्टरनेसनल कराते प्रतियोगितामा सिनियर एकल कातातर्फ प्रतिस्पर्धा गर्दै रजत पदक जितेका हुन्। फाइनल खेलमा अमेरिकी खेलाडी कर्नाडोसँग पराजित भएसँगै उनले दोस्रो स्थानमा चित्त बुझाएका थिए।

यो पदक सन्तोषका लागि सन् २०२५ मा प्राप्त पहिलो अन्तर्राष्ट्रिय सफलतासमेत हो। अघिल्लो वर्ष उनले इङ्ल्यान्ड कराते फेडेरेसन ओपन सिरिजमा पनि रजत पदक जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.