×

हेटौंडाको गैरीगाउँमा सडक भासिँदा भ्यान बेपत्ता, चालक र सहचालकले ज्यान जोगाए

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँस्थित एक भित्री कच्ची सडकमा जमिन भासिएर एउटा पिकअप भ्यान गायब भएको छ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार घाँस काट्ने मेसिन लोड गरिएको ना४च ४८३३ नम्बरको सिङ्गल क्याप बलेरो गाडी उक्त सडक भासिँदा हराएको हो। जमिन भासिएसँगै उक्त स्थानमा पानीले भरिएको ठूलो खाल्डो बनेको छ। भ्यानका चालक र सहचालक भने समयमै बाहिर निस्किन सफल भएका थिए।

सहचालकका अनुसार गाडी धसिन थालेपछि डोरीको सहायताले निकाल्ने प्रयास गरिएको थियो। तर मानवीय बलले तान्न नसकिएको र डोरीसहित गाडी पानीमा बिलाएको उनले बताए। “हामीले हाम फालेर ज्यान जोगायौं,” उनले भने।

शुक्रबार दिउँसो घटेको यो घटनामा गाडी करिब पाँच सेकेण्डमै पूर्णरुपमा हराएको प्रत्यक्षदर्शीले जनाएका छन्। घटनास्थल नजिकै माछा पालनको लागि खनिएको बोरिङ रहेको र सोही कारण जमिन भासिएको प्रारम्भिक अनुमान छ। बोरिङसमेत जमिनसँगै भासिएको छ।

हाल पानीको सतह घटाउने प्रयास गर्दै हराएको गाडीको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x