×

निजी मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालयको चेतावनी : आवासीय चिकित्सकलाई भत्ता नदिने कलेजलाई सुविधा नदिने

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजहरूलाई कडा सन्देश दिएका छन्। मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आठौं तहको बराबरीमा आवासीय चिकित्सकलाई भत्ता नदिने मेडिकल कलेजहरूलाई सरकारले कुनैपनि प्रकारको सुविधा नदिने चेतावनी दिए।

उनका अनुसार, चिकित्सा शिक्षा आयोगको माघ २५ गते बसेको बैठकले आवासीय चिकित्सकहरूलाई स्वास्थ्य मन्त्रालयको आठौं तह अनुसारको भत्ता उपलब्ध गराउने निर्णय गरिसकेको छ। यो निर्णय सबै कलेजहरूले पालना गर्नुपर्ने र बेवास्ता गर्ने कलेजहरूलाई राज्यबाट पाउने सम्बन्ध र सुविधा खारेज गरिने स्पष्ट पार्दै उनले कडा चेतावनी दिएका हुन्।

मन्त्री पौडेलले निजी मेडिकल कलेजहरूसँगको सम्बन्ध खारेज हुन सक्ने अवस्था आउनसक्ने संकेतसमेत गरे। साथै, उनले ७२ घण्टा साप्ताहिक कार्य समयको सीमा, किरिया बिदा तथा अन्य सरकारी बिदाहरूको व्यवस्था गर्न मन्त्रालय तयार रहेको जानकारी पनि दिए।

उनले आयोगबाट गरिएका निर्णयहरू स्वास्थ्य मन्त्रालयले पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने दृढता व्यक्त गरे।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x