×

चोटका कारण म्याक्सवेल आइपिएल २०२५ बाट बाहिरिए, पञ्जाबलाई दोस्रो धक्का

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

अस्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेलले जारी आइपिएल २०२५ का बाँकी खेल नखेल्ने भएका छन्। पञ्जाब किंग्सबाट खेलिरहेका म्याक्सवेलको दाहिने हातको औंलामा चोट लागेपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन्।

पञ्जाबका कप्तान श्रेयस अय्यरले म्याक्सवेलको अनुपस्थितिबारे जानकारी दिँदै अहिले उनकाे स्थानमा नयाँ खेलाडी भित्र्याउनेबारे सोच नभएको बताए।

हालसम्मको प्रदर्शनको कुरा गर्दा, म्याक्सवेल यो सिजन खासै लयमा देखिएका थिएनन्। उनले ६ इनिङमा जम्मा ४८ रन बनाएका थिए भने बलिङतर्फ चार विकेट लिएका थिए। पछिल्ला चार खेलमा त उनी दोहोरो अंकमा पनि रन जोड्न सकेका थिएनन्।

पञ्जाबले उनलाई पछिल्लो मेगा अक्सनमा ४.२ करोड भारुमा टिममा समावेश गरेको थियो।

यसअघि टिमका अर्का तीव्र गतिका बलर लकी फर्ग्युसन पनि चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

यता, बुधबारको खेलमा चेन्नईलाई पराजित गरेको पञ्जाब किंग्स हाल अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *