वीरगञ्ज — कलैया उपमहानगर–१८ निवासी सुधीरप्रसाद साह अपहरण प्रकरणमा एक नाबालकसहित चार जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, अपहरणमा परेका साहलाई वीरगञ्ज–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरिएको हो। पक्राउ पर्नेमा रिकेशकुमार, राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साह रहेका छन्।
यस घटनामा संलग्न एक नाबालकको विवरण कानूनी कारणले गोप्य राखिएको छ।
सूचना अधिकारी सुवास भट्टले पर्सा जिल्ला अदालतबाट शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।