नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी पक्राउ । सरकारले दिएको आममाफी सर्वाेच्च अदालतद्धारा बदर । टीकापुर घटनाका सन्दर्भमा दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई सरकारले आममाफी दिएको थियो । तर सर्वाेच्च अदालतले कारागारमै राख्नु भन्ने आदेश गरेकाले आदेश कार्यान्वयन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले चौधरीलाई पक्राउ गरि डिल्लीबजार कारागारको जिम्मा लगाएको एसएसपी विश्व अधिकारीले जानकारी दिएका छन् ।