काठमाडौं — नाउपाका संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनुअघि नै उनलाई काठमाडौंको प्रज्ञा भवन परिसरबाट नियन्त्रणमा लिइएको हो।
सादा पोशाकमा रहेका सुरक्षाकर्मीको टोली उनलाई कार्यक्रमस्थलबाट लगिएको बताइएको छ। प्रहरी वृत्त मालिगाउँका डीएसपी सुनीलजंग शाहीले चौधरीलाई नियन्त्रणमा लिने टोलीबारे आफूलाई स्पष्ट जानकारी नभएको जनाए पनि, उनी हाल कुनै सुरक्षा निकायको नियन्त्रणमा रहेको सूचना पाएको उनले बताए। चौधरीको पक्राउपछिको अवस्थाबारे थप विवरण भने खुलाइएको छैन।