काठमाडौं — विद्यालय शिक्षा विधेयक, २०८० को विरोधमा देशभरका शिक्षक काठमाडौंमा २८ दिनदेखि आन्दोलनरत छन्। आन्दोलनको २६ औं दिनमा निषेधित क्षेत्र तोड्ने प्रयासमा प्रहरीसँग झडप हुँदा ६२ शिक्षक घाइते भए, जसमध्ये १२ जनाको अवस्था गम्भीर रहेको शिक्षक महासंघको दाबी छ। झडपमा केही प्रहरी र सञ्चारकर्मीसमेत घाइते भएका छन्।
शिक्षकहरूको आन्दोलनका बीच सरकारले गम्भीरता नदेखाएको, संवाद नगरेको र शिक्षकको मागप्रति उदासीनता देखाएको आरोप लागिरहेको छ। सरकार भने शिक्षकले कर्तव्य नपालेर ढिपी गरेको बताउँदै आएको छ। शिक्षा विधेयक हाल प्रतिनिधिसभाको उपसमितिमा रहेको र छलफल सकिन अझै करिब दुई महिना लाग्ने देखिएको छ।
पूर्व शिक्षामन्त्री तथा सांसद शिशिर खनालले सरकार र शिक्षक दुवै पक्ष लचिलो नभएकोले समस्या झन् बल्झिएको बताउँदै, सरकार गम्भीर नभएको, शिक्षकप्रति हेपाहा प्रवृत्ति देखिएको, र सहमति कार्यान्वयन नभएको बताएका छन्। उनले शिक्षक आन्दोलनको समाधानका लागि पाँच मुख्य बुँदामा उपाय दिएका छन् — पुराना सहमतिहरूको कार्यान्वयन, मर्यादाक्रमको स्पष्ट व्यवस्था, अनुदानमा काम गरिरहेका शिक्षकका लागि दरबन्दी तथा परीक्षा प्रक्रिया सुरु गर्नु, नयाँ बजेटमा आन्दोलनका विषयवस्तु समेट्नु, र विधेयक पारितको स्पष्ट समयसीमा तय गर्नु।
खनालले पहिलेकी शिक्षामन्त्री विद्या भट्टराईले सक्रियता देखाए पनि प्रधानमन्त्रीले उनलाई अन्डरमाइन गरेकाले समस्या समाधान नहुने अवस्था आएको बताए। उनले नयाँ शिक्षामन्त्री रघुजी पन्तको धारणा नआएकोले मूल्यांकन गर्न बाँकी रहेको जनाए।
खनालका अनुसार प्रधानमन्त्रीले शिक्षकसँग भेट्दा समाधानको स्पष्ट खाका नबनाएकाले संवाद विफल भयो। अहिलेको शिक्षा समितिले विधेयकको प्रतिवेदन छिट्टै बुझाउने तयारी गरेकाले असार तेस्रो सातासम्म विधेयक संसदबाट पारित हुने सम्भावना रहेको उनले बताएका छन्।
सरकारी विद्यालयमा आन्दोलनले पढाइ प्रभावित हुँदा गुणस्तर थप खस्किएको, विद्यार्थी घटेका, र निजी विद्यालयले धमाधम भर्ना लिँदै शिक्षक र विद्यार्थीलाई तानिरहेको अवस्था रहेको खनालको भनाइ छ।
उनले अन्त्यमा सरकार र शिक्षक दुवैलाई लचिलो भएर वार्तामा बस्न, निश्चित समयसीमा लिएर विधेयक पारित गर्ने सहमतिमा पुग्न र तत्काल विद्यालय फर्किन आग्रह गरेका छन्, ताकि ६०–७० लाख विद्यार्थीको भविष्य अन्योलमा नपरोस्।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.