×

अनलाइन टिभी पत्रकारहरूलाई नेपाल न्युज बैंकबाट ५०% सम्म सेवा छुट

खालीपाना न्युजडेस्क | २ हप्ता अगाडि

काठमाडौं ।
अनलाइन टिभी पत्रकार संघ नेपाल र नेपाल न्युज बैंक समाचार एजेन्सीबीच विशेष सहुलियतमा सेवा उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार संघमा आवद्ध अनलाइन टिभी र पत्रकारहरूले फोटो, भिडियो, फोटो फिचर, रफकट भिडियो फुटेज, समाचार सामग्री, सामाजिक सञ्जाल लाइभ, अनुसन्धानमूलक रिपोर्टजस्ता सेवाहरूमा ५० प्रतिशतसम्म छुट पाउनेछन्।

संघका सदस्यहरूले नेपाल न्युज बैंकले प्रदान गर्ने नियमित सेवाहरूमा अधिकतम ५० प्रतिशत सहुलियत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि सदस्यहरूले अनलाइन टिभी पत्रकार संघले जारी गरेको सदस्यता परिचयपत्र वा सिफारिस पत्र पेश गर्नुपर्नेछ।

सम्झौतामा अनलाइन टिभी पत्रकार संघ नेपालका अध्यक्ष जीवन भण्डारी र नेपाल न्युज बैंकका सम्पादक युवराज गौतमले हस्ताक्षर गरेका छन्। वैशाख १५ गतेदेखि लागू हुने यो सम्झौता एक वर्षका लागि प्रभावकारी हुनेछ र आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *