नागार्जुन नगरपालिका वडा नं. ३ ले बिजुलीका अव्यवस्थित पोल हटाउन नेपाल विद्युत प्राधिकरणलाई परिपत्र गरेको छ। वडा कार्यालयले ती पोलहरूका कारण सडक तथा सार्वजनिक क्षेत्रमा समस्या उत्पन्न भएको भन्दै तत्काल व्यवस्थापन गर्न अनुरोध गरेको हो।

यस अभियानमा रास्वपा बागमती प्रदेश सदस्य तथा महिला विभाग प्रमुख स्वस्तिका लामिछानेको समेत विशेष पहल रहेको छ। स्थानीय विकास र नागरिक सुरक्षाका लागि आवश्यक कदमस्वरूप यो कार्य अघि बढाइएको वडाले जनाएको छ।
सडक सुरक्षालाई प्राथमिकतामा राख्दै अव्यवस्थित पोल हटाएर व्यवस्थित बनाउने काम चाँडै सुरु हुने अपेक्षा गरिएको छ।