×

ओखलढुङ्गामा चट्याङको प्रकोप: ६ वर्षमा १२ मृत्यु, सावधानी र तयारी अभाव

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

१५ वैशाख, काठमाडौं । ओखलढुङ्गामा चट्याङका कारण पछिल्ला ६ वर्षमा १२ जनाको मृत्यु भएको छ। जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा चट्याङ लागेर १२ जनाले ज्यान गुमाएका र २४ जना घाइते भएका छन्।

यस अवधिमा चट्याङका कारण लाखौँ रुपैयाँ बराबरको धनमालको क्षति पनि भएको छ। पछिल्ला दुई वर्षमा मात्रै दुईजनाको ज्यान गएको र १० जना घाइते भएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी विजय कार्कीले जानकारी दिएका छन्।

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चट्याङका कारण तीन जना घाइते भएका छन् भने १० वटा चौपायाको मृत्यु भएको छ। साथै, विभिन्न विद्युतीय उपकरणहरूमा समेत क्षति पुगेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्र ६ स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए।

त्यसैगरी, सो अवधिमा तीनवटा घर प्रभावित भएका थिए र पाँचवटा चौपाया मरेका थिए। तर, अन्य प्राकृतिक विपत्तीजस्तै चट्याङको जोखिम न्यूनीकरणमा स्थानीय तह र सरोकारवाला निकायहरूको सक्रियता न्यून देखिएको छ।

जिल्लामा चट्याङबाट बच्न ‘अर्थिङ’जस्ता प्रविधि अपनाउने पहल कम भएको पाइएको छ। नागरिकहरूमा समेत चट्याङसम्बन्धी सचेतना अभाव देखिन्छ। यसै कारण जिल्लाका एफएम रेडियो र अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने संस्थाहरूले वर्षेनि ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x