×

शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार संघको खेद

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

काठमाडौँ, वैशाख १४ – राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको फिल्ड रिपोर्टिङ गर्ने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीमाथि क्रुर आक्रमणको घटनाप्रति अनलाइन टिभी पत्रकार संघ नेपालले गम्भीर खेद व्यक्त गरेको छ।

संघले आज प्रेस वक्तव्य जारी गर्दै आन्दोलन स्थलमा आफ्नो पेशागत कर्तव्य निर्वाह गरिरहेकी पत्रकार कार्कीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार र निन्दनीय कार्यको रूपमा टिप्पणी गरेको छ। कार्कीको दुबै आँखामा गम्भीर चोट लागेको र स्वास्थ्यमा गम्भीर असर परेको जानकारी आएको संघले जनाएको छ।

संघका महासचिव पवन फुँयालद्वारा जारी विज्ञप्तिमा घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ। साथै, आन्दोलनरत शिक्षकहरूमाथि भइरहेको दमन तत्काल रोक्न पनि संघले आग्रह गरेको छ।

संघले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित सबै निकायहरूप्रति आग्रह गरेको छ। साथै, घाइते पत्रकार सविना कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

प्रेस वक्तव्यमा अन्य पत्रकारहरूलाई पनि समाचार सङ्कलनका क्रममा ‘सुरक्षा पहिले’ भन्ने नीतिलाई आत्मसात गर्दै उच्च सतर्कता अपनाउन विशेष आह्वान गरिएको छ।

वक्तव्यमा प्रेस स्वतन्त्रता रक्षा गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x