×

पोखरा विमानस्थलमा १० अर्ब भ्रष्टाचार: सांसद पराजुलीको सरकारलाई कडा चुनौती

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

१४ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक भ्रष्टाचार भएको तथ्य सार्वजनिक भएको बताएका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले २०७१ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल निर्माण सम्झौतामा हस्ताक्षर गरेको स्मरण गराए। विमानस्थल २०७९ सालमा उद्घाटन भए पनि अहिलेसम्म नियमित उडान सेवा सुरु हुन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए।

पराजुलीका अनुसार २२ अर्ब ऋण लगानीमा निर्माण भएको पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको संसद्को लेखा समितिको उपसमितिले उजागर गरेको छ। उनले सरकारसँग प्रश्न गर्दै भने, “यस्तो भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्ने साहस छ कि छैन?”

उनले भ्रष्टाचारमा मुछिएका सबैलाई कानुनी कठघरामा ल्याउन माग गर्दै भने, “धावनमार्गको आवश्यक लम्बाइ समेत पूरा नभएको अवस्थामा भ्रष्टाचारको लिस्ट भने धावनमार्गभन्दा कैयौं गुणा लामो बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समेत बारम्बार उजागर गरेका छन्।”

पराजुलीले थपे, “यद्यपि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका आफ्नै स्वार्थ हुन सक्छन्, तर नेपालमा भएका यस्ता भ्रष्टाचारका घटना अन्तर्राष्ट्रिय समुदायमा दुर्गन्धित भइरहेका छन् भन्ने कुरा त सत्य हो।”

प्रधानमन्त्रीले आफू भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धता गर्दै आएको स्मरण गराउँदै पराजुलीले प्रश्न उठाए, “नाकामुनि भइरहेको भ्रष्टाचारको गन्धले संसार दुर्गन्धित हुँदा पनि आँखामा छारो हालेर जिम्मेवारीबाट पन्छिने हो?”

अन्त्यमा उनले विमानस्थल निर्माणमा भएको अनियमितता छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी दोषीमाथि कानुनी कारबाही र विमानस्थल तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.