×

लुम्बिनीको सांस्कृतिक महोत्सवमा विवाद : मन्त्री र सांसदले गरे उद्घाटन कार्यक्रम बहिष्कार

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

लुम्बिनीमा आयोजित अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव र सेमिनारको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । तर, लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल र पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले उक्त कार्यक्रम बहिष्कार गरेका छन् ।

कार्यक्रममा सहभागीका लागि उचित आसनको व्यवस्था नभएको भन्दै मन्त्री ढकाल र सांसद गुप्ताले विरोध जनाएका हुन् । उनीहरूका अनुसार कार्यक्रमको व्यवस्थापन अपमानजनक रहन गएको कारण उनीहरूले उद्घाटन समारोहमै बहिष्कार गरेको बताएका छन् ।

सांसद गुप्ता लुम्बिनी क्षेत्रका स्थायी बासिन्दा हुन् । वैशाख १३ र १४ गते सञ्चालन भइरहेको उक्त महोत्सव नेपाल र चीनबीच सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन लक्ष्यित छ ।

यस कार्यक्रममा चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् भने नेपाल सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषले समेत सहयोग पुर्‍याएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *