धनगढीस्थित गेटा अस्पतालका प्रमुख डा. प्रमोद यादवविरुद्ध स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोप लागेको छ । सार्वजनिक खरिद प्रक्रियाबाट खरिद गरिनुपर्ने स्वास्थ्य उपकरण सिमित व्यापारिक घरानालाई लाभ हुनेगरि बोलपत्र आह्वान गरेको पाइएको छ । अस्पतालमा प्रयोगमा नआउने तर आफ्ना निकट व्यापारिको आडमा बसेर सिमित व्यक्तिको लागी टेन्डर आह्वान गरिएको भन्दै चौतर्फी आलोचना समेत भइरहेको छ ।
कैलालीस्थित गेटा अस्पताल चालु आर्थिक वर्षको करिब दुई महिना प्रमुखविहीन रह्यो । अस्पतालमा निर्देशकका रूपमा पठाइएका डा.अशोक श्रीपालीले माघ ६ गते स्वास्थ्य मन्त्रालयमा राजीनामा दिएपछि नेतृत्वविहीन बनेको गेटामा अस्पताल प्रमुख नियुक्तिको विषय पेचिलो बन्दै गएको थियो । तर, आर्थिक वर्ष सकिन केही महिना मात्र बाँकी रहँदा मन्त्रालयले डा. प्रमोद यादवलाई अस्पतालको निर्देशकको जिम्मेवारी दिएको थियो । चैत्र पहिलो साता पदभार ग्रहण गरेका यादव एक सातापछि मात्र कार्यलयमा हाजिर भए । डा. यादवले पदभार ग्रहण गर्दै अस्पतालमा संचालित सेवा सुधारको प्रतिबद्धता जनाएका थिए । तर ठिक्क विपरित उनले अस्पताल प्रवेश गरेको दोस्रो दिन देखि नै सेटिङ प्रक्रिया सुरु गरेका छन । अस्पतालको सेवा सुधारको प्रतिबद्धता गरेका यादव सिमित व्यापारिक घरानासँग मिलेर लुटधन्दा मच्चाइरहेका छन भन्दा खास्सै फरक पर्दैन । डा. यादवले स्वास्थ्य सचिवसँग निकट मेडिकल व्यवसायी चेतन अग्रवाल र उमेश अग्रवालसँगको सेटिङमा अस्पतालको स्वास्थ्य उपकरण खरिद प्रक्रिया अघि बढाएको आरोप छ । साथै, डा. अशोक श्रीपालीको कार्यकालमा स्वीकृत भएको खरिद योजनाविपरीत प्रक्रिया अगाडि बढाइएको पाइएको छ ।
अस्पतालले चैत्र ३१ गते एक सूचना र वैशाख २ गते दुई सूचना प्रकाशित गरी स्वास्थ्य उपकरण खरिद प्रक्रिया अघि बढाएको छ । यद्यपी, यो प्रक्रिया स्वीकृत बजेट तथा कार्यक्रमभन्दा बाहिर गएर गरिएको देखिन्छ । चालु आर्थिक वर्षमा अस्पताललाई पुँजीगततर्फ ४० करोड र चालुतर्फ १३ करोड रुपैयाँ बजेट छुट्याइएको छ । तर, अस्पतालको खरिद समितिमा समेत अनियमितता देखिएको छ । डा. यादव हाजिर भएको दोस्रो दिनमै उनले समितिको संरचना परिवर्तन गर्दै संयोजक खगेन्द्र भारतीलाई हटाएर डा. जगदीश बिष्टलाई जिम्मेवारी दिएका थिए । हाल समिति डा. बिष्ट, डा. शंकर अधिकारी र जनस्वास्थ्य अधिकृत शिद्धराज भट्ट सम्म सीमित छ । सार्वजनिक खरीद ऐन अनुसार समितिमा ५ जना सदस्य हुनु पर्ने प्रावधान भएपनि लेखा अधिकृतजस्ता अनिवार्य सदस्यलाई समेत समावेश गरिएको छैन।
अझै गम्भीर कुरा यो छ कि, खरिद प्रक्रिया एक निजी आपूर्तिकर्तासँगको मिलेमतोमा गरिएको देखिन्छ । “GH/G/NCB-03/2081-82” शिर्षकमा सार्वजनिक गरिएको बोलपत्रमा आपतकालीन, भित्री सेवा र अन्य सेवाका लागि आवश्यक उपकरण आपूर्ति, जडान र परीक्षण कार्यका लागि प्रस्ताव माग गरिएको छ । तर, सो बोलपत्रमा समावेश केही उपकरणहरू प्रष्ट रूपमा एकल उत्पादक (Single Manufacturer) लाई फाइदा पुग्ने गरी मात्र तोकिएको पाइएको छ । विशेषगरी, Automatic Tracheal Secretion Removal Device को हकमा “Tach Flush” नामक मोडेल कै लागि नै बनाएको देखिएको छ। यो उपकरण अहिले बजारमा व्यापक रूपमा उपलब्ध छैन र विश्वमै एक मात्र मोडेल भएको प्रष्ट देखिन्छ। एक मात्र उत्पादकले बनाउने उपकरणलाई बोलपत्र प्याकेजमा समावेश गर्दा प्रतिस्पर्धा स्वभाविक रूपमा सघुरिन्छ, र अन्य कम्पनीहरूलाई सहभागी हुनबाट रोकिन्छ। त्यस्तै, ABG Machine को हकमा पनि “EDAN (120)” मोडेल नै निर्दिष्ट गरिएको छ। सो मोडेल Cartilage Based Co-Oximetry Panel Test गर्ने क्षमता भएको र बजारमा त्यस्तै किसिमको अन्य विकल्प नरहेको पाइन्छ। अझ बढी गम्भीर कुरा त, EDAN (i20) मोडेलमा ABG मेशीनका लागि अत्यन्तै महत्वपूर्ण मानिने Glucose / Lactate मापत गर्ने सुविधा समेत नभएको पाइएको छ। यसरी Packaging मा राखिएको देख्दा प्रतिस्पर्धालाई सीमित गर्दै कुनै एक निश्चित आपूर्तिकर्तालाई लाभ दिने गरी बोलपत्र निर्माण गरिएको आशंका प्रष्ट देखिन्छ।
प्रसूति गृहमा कार्यरत बायोमेडिकल इञ्जिनियर अमृत भण्डारीबाट स्पेसिफिकेशनमा हस्ताक्षर गराइएको छ, तर उनलाई कुनै आधिकारिक पत्र काटिएको थिएन। उनले आफूलाई यो विषयमा जानकारी नभएको भन्दै फोन काटेका थिए। खरिदको लागि तयार पारिएको स्पेसिफिकेशनमा कम्पनी र मोडेल नै उल्लेख गरिएको छ, जसले प्रतिस्पर्धालाई सिमित बनाउँछ। हालै संशोधित भष्ट्राचार निवारण ऐन २०५९ अनुसार यस्तो कार्यलाई भ्रष्टाचार मानिन्छ। यस विषयमा अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले समितिमा ३ जना मात्र सदस्य रहेको पुष्टि गरे। यद्यपि, अन्य विवरण आफूलाई थाहा नभएको बताए। यता, गेटा अस्पतालका वर्तमान निर्देशक डा. यादवले सबै प्रक्रिया कानुन अनुसार भएको दाबी गरे। उनले भने, “प्रधानमन्त्री आउने दिनमै मन्त्री परिवर्तन हुने देशमा कार्यालयमा हाजिर भएको दोस्रो दिन समिति फेरिनु सामान्य कुरा हो।”
गेटा अस्पताल प्रमुख यादव यसअघि जनकपुर अस्पतालमा अल्ट्रासाउण्ड मेसिन हराएको मुद्दामा अख्तियार अनुसन्धानमा तानिएका थिए। त्यस्तै, ट्रमा सेन्टरको प्रमुख हुँदा घरमा छोरा हेर्न अस्पतालको कर्मचारी लगाएको विषयमा समेत विवादित भएका थिए। अहिले स्वास्थ्य सचिव डा. विकास देवकोटा, योजना आयोगका सदस्य आर.पी. बिच्छाको योजनाअनुसार गेटा अस्पताल पुगेका डा. यादव खुलमखुला भ्रष्टाचार गरिरहेका छन । स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा उपकरणको छनोट खुला प्रतिस्पर्धाबाट, गुणस्तर, मूल्य र मर्मत सम्भारको आधारमा हुनुपर्नेमा यस्ता एकल मोडेल तोकेर पारदर्शितामा प्रश्न उठेको छ। सार्वजनिक खरिद ऐनले खुला प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ। तर, उपकरणहरूको विशिष्टता यसरी मोडेल र ब्राण्डमा सीमित गरिएपछि स्वाभाविक रूपमा प्रतिस्पर्धी संख्या घट्ने र लागत पनि बढी पर्ने सम्भावना प्रबल देखिन्छ। यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी आवश्यक कदम चाल्नु आवश्यक छ ।
Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.
Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.
KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.
Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.
Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.
Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.
Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.
Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.