×

बर्दियाको भादा नदीमा डुबेका युवकको शव तीन दिनपछि फेला

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

बर्दियाको गुलरिया नगरपालिका–५ स्थित भादा नदीमा नुहाउने क्रममा हराएका एक युवक मृत अवस्थामा फेला परेका छन्।

शुक्रबार दिउँसो करिब १२ बजे उक्त नदीमा डुबेर बेपत्ता भएका १९ वर्षीय सृजन पोख्रेलको शव फेला परेको सशस्त्र प्रहरी बलका डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

बुधबारदेखि सम्पर्कविहीन रहेका पोख्रेलको खोजीका लागि सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोर सहितको टोली खटिएको थियो।

गोताखोर टोलीको खोजतलासपछि शुक्रबार पोख्रेलको शव नदीमै फेला परेको हो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *