×

आतंकवादी हमलाले बुटवलको छोरालाई सधैंका लागि खोस्यो

खालीपाना न्युजडेस्क | ९ महिना अगाडि

जम्मु–कश्मीरको पहलगाममा आतंकवादी आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको शव उनको गृह जिल्ला रुपन्देहीको बुटवल उपमहानगरपालिका–११, कालिका नगरस्थित घर ल्याइएको छ।

न्यौपाने आफ्नी आमा, दिदी र दाजु सँगै बिदा मनाउन कश्मीर गएका थिए। त्यही क्रममा मंगलबार पहलगाममा भएको आतंकवादी हमलामा परी उनको मृत्यु भएको थियो।

उनको शव बुधबार साँझ ५ बजे श्रीनगरबाट हवाइजहाजमार्फत नयाँ दिल्ली पुर्याइएको थियो। त्यसपछि राति ९:३० बजे दिल्लीबाट लखनऊतर्फ ल्याइएको थियो। लखनऊबाट शव भारतीय प्रहरीको सुरक्षासहित सर्लाहीस्थित सुनौली नाका हुँदै बिहीबार बिहान नेपाली एम्बुलेन्समार्फत बुटवल पुर्याइएको हो।

भारतको उत्तर प्रदेश राज्यका एक जिल्ला अधिकारी (डिसीएम) स्वयं लखनऊदेखि सुनौलीसम्म शवसहित आएका थिए। सुदीपका काका तथा बुटवल–१४ का वडाध्यक्ष दधिराम न्यौपानेसहितका आफन्तजनहरू शव बुझ्नका लागि सुनौली पुगेका थिए।

शव नेपाल प्रवेश गरेपछि बुटवलका प्रमुख खेमराज पाण्डे, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वसुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख रञ्जित सिंह राठौर र सुरक्षाकर्मीहरूको टोलीले शवलाई बुटवलसम्म ल्याएको जिल्ला प्रहरी प्रमुख राठौरले जानकारी दिए।

हाल सुदीपको घर मनकामना पथ, कालिका नगरमा शोकमा डुबेका आफन्त र स्थानीयहरूको भीड लागेको छ।

बुटवल–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीका अनुसार सुदीप न्यौपानेको अन्त्येष्टि बिहीबार त्रिवेणी घाटमा गरिनेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x