×

तीनकुने हिंसा: पत्रकार रजकको मृत्युपछि अनुसन्धान अल्झिएको, नकावधारी युवकको खोजी जारी

खालीपाना न्युजडेस्क | १२ महिना अगाडि

तीनकुनेमा पत्रकार सुरेश रजकको निधन भएको घरबाट निस्किएको नकावधारी युवकको अझै पनि पहिचान खुलेको छैन । करिब एक महिना बितिसक्दा पनि उनको परिचय सार्वजनिक हुन नसक्दा अनुसन्धानमा ढिलाइ भएको छ ।

१५ चैतमा भएको राजतन्त्र समर्थक प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा आगलागी हुँदा पत्रकार रजकको ज्यान गएको थियो । सोही घरबाट झर्दै गरेका एक युवकको भिडिओ सार्वजनिक भएको थियो । भिडिओमा अनुहार छोपेका, हातमा राष्ट्रिय झण्डा बाधेका एक अग्लो कदका युवक एक महिलाको पछि-पछि झर्दै गरेको देखिन्छ । ती महिला एनी कुँवर रहेको खुलेको छ र उनी हाल प्रहरी हिरासतमा छन् ।

प्रहरीका अनुसार कुँवरसँग सोधपुछ गर्दा उनले ती युवक को हुन् भन्ने जानकारी नदिएको बताइएको छ । पहिचान नखुलेका कारण उनी हालसम्म कानुनी दायरामा आउन सकेका छैनन् ।

उक्त घटनासँग सम्बन्धित आरोपमा रामेछापका सरोज गौतम (२२) र अछामका गोकर्ण शाही (२०) पक्राउ परेका छन् । उनीहरू ‘अनवरत तत्पर फौज (एटीएफ)’ का सदस्य भएको बताइएको छ । प्रहरीका अनुसार उनीहरूलाई हाल कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ ।

उनीहरूलाई प्रदर्शनका क्रममा सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगो लगाएको आरोप छ । सोही घरबाट पत्रकार रजकले भिडिओ खिच्ने क्रममा ज्यान गुमाएका थिए ।

तीनकुने प्रदर्शनपछि हाल प्रहरी हिरासतमा ६४ जना रहेका छन् । हालसम्म ८५ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । तीमध्ये २१ जनालाई हाजिरी जमानीमा छाडिएको भए पनि उनीहरूमाथि मुद्दा दायर हुने प्रहरीले स्पष्ट पारेको छ ।

१५ चैतमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन शान्तिपूर्ण रहन नसकी हिंसात्मक बनेको थियो । सो दिन कीर्तिपुरका सविन महर्जन प्रहरीको गोली लागेर ज्यान गुमाएका थिए भने पत्रकार सुरेश रजक आगलागीमा परेर जलेर निधन भएका थिए । प्रदर्शनका क्रममा घर, पसल, सवारी साधनमा क्षति पुर्‍याइएको थियो र प्रहरीको हतियारसमेत लुटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Play exciting pokies and claim big bonuses at Fair Go Casino, a top choice for Australian online gaming enthusiasts.

Experience thrilling wins and fast payouts at Hellspin Casino, offering Australian players a secure and fun gaming environment.

KingBilly Casino delivers premium pokies, engaging promotions, and reliable payouts for Australian online casino fans.

Enjoy top-quality pokies and table games at Ricky Casino Australia, a safe and entertaining platform for Aussie players.

Discover an exciting selection of pokies and rewarding bonuses at StayCasino, designed specifically for Australian online players.

Sweet wins and immersive gameplay await at Big Candy Casino, offering Australian players a fun-filled online casino adventure.

Play popular pokies and enjoy fast withdrawals at JooCasino, providing Australian players with a reliable online casino experience.

Level Up Casino offers exciting slots, generous bonuses, and a secure platform for Australian players seeking big wins.