×

विद्यार्थी बलिको बोका, शिक्षकको आवाज मुठ्ठीमा : गौतमको संसदमा कडा टिप्पणी

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

१० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले देशको वर्तमान नेतृत्वप्रति कडा प्रश्न उठाएकी छिन्। देशभर शिक्षकहरू आन्दोलनमा रहेका र सम्बन्धित मन्त्रालय नेतृत्वविहीन भइरहेका बेला प्रधानमन्त्रीले बालुवाटारबाट एकल नाटकजस्तो शैलीमा शासन गरिरहेको भन्दै उनले आपत्ति जनाएकी हुन्।

‘देशभर आन्दोलन जारी छ, मन्त्रालयहरू खाली छन्, र प्रधानमन्त्री एक्लै प्रदर्शन गरिरहनुभएको छ,’ गौतमले प्रतिनिधि सभामा भनिन्, ‘यो नेतृत्व हैन, असक्षमता हो।’

उनले शिक्षक आन्दोलन उत्कर्षमा पुगेको बेला प्रधानमन्त्रीले आदेशमात्र जारी गरिरहेको भन्दै आक्रोश पोखिन्।

‘प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा सारिएको छ। आन्दोलनको बेलामा मन्त्रीहरू राजीनामा दिइरहेका छन्, तर प्रधानमन्त्री बालुवाटारबाट ठाडो आदेश जारी गर्दै हुनुहुन्छ,’ उनले भनिन्, ‘विद्यार्थीको भविष्य बलिको बोका बनाइँदैछ, शिक्षकको आवाज दबाइँदैछ, अनि दुई ठूला दलको अभिनय हेरेर जनता ताली पिटिरहनुपर्ने हो त?’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *