×

रवि लामिछानेको रिहाइको माग गर्दै श्रीमती निकिता पौडेल सर्वोच्च अदालतमा पुगेकी छन्

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

काठमाडौं, वैशाख ९ – पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको रिहाइको माग गर्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी छन्।

सोमबार न्यायाधीश अब्दुल अजीज मियाँको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सरकारले लामिछानेलाई थुनामा राख्नुको स्पष्ट कारण पेश गर्न आदेश दिएको छ।

रिटमार्फत पौडेलले लामिछानेलाई कानूनविपरीत थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गरेकी हुन्।

सुप्रिम सहकारी सम्बन्धी प्रकरणमा रवि लामिछानेसहित ४२ जनामाथि ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा १ अर्ब ४३ करोड बिगो माग दाबीसहित मुद्दा दायर भएको छ।

सर्वोच्चको आदेशपछि अब सरकारले लामिछानेलाई थुनामा राख्ने कानुनी आधार प्रमाणसहित अदालतमा प्रस्तुत गर्नुपर्ने हुन्छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x