×

परीक्षा नसर्ने : शिक्षक आन्दोलनबीच बोर्डको स्पष्ट निर्णय

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

राष्ट्रिय परीक्षा बोर्डले शिक्षक आन्दोलनको छायाबीच पनि कक्षा १२ को वार्षिक परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने अडान लिएको छ। मंगलबार बसेको बोर्डको बैठकले परीक्षा समन्वय समिति मार्फत् सम्पर्कमा रहेका सबै परीक्षा केन्द्रहरूलाई तयारीमा जुट्न निर्देशन दिएको छ।

विद्यालय शिक्षा ऐनको माग गर्दै केही सातादेखि आन्दोलनरत शिक्षकहरूले परीक्षा बहिस्कारको चेतावनी दिँदै आएका थिए। उनीहरूको भनाइ छ—सरकारले पुराना सहमतिहरू कार्यान्वयन नगरेसम्म परीक्षा प्रक्रियामा उनीहरू सहभागी हुने छैनन्। यही परिस्थितिलाई ध्यानमा राख्दै बोर्डले आकस्मिक बैठक बोलाएको थियो।

बैठकपछि प्राप्त जानकारीअनुसार परीक्षा स्थगन होइन, सफल सञ्चालनमा जोड दिइएको छ। वैशाख ११ गते बिहीबारदेखि सुरु हुने परीक्षा निर्धारित तालिकाअनुसार नै सञ्चालन हुने निश्चित भएको हो।

विद्यार्थी र अभिभावकबीच परीक्षा सरिन्छ कि भन्ने अन्योल चिर्दै बोर्डले स्पष्ट संकेत दिएको छ—कुनै पनि अवरोधका बाबजुद परीक्षाको चक्र अघि बढ्नेछ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x