शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनी सोमबार भेटेर राजीनामा बुझाएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
राजीनामा दिने निर्णय उनले त्यही दिन प्रधानमन्त्रीसँगको भेटघाटपछि लिएको बताइएको छ। लामो समयदेखि शिक्षकहरू आन्दोलनरत रहँदा उत्पन्न परिस्थितिका कारण उनी दबाबमा परेकी थिइन्।
आज केही समयपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ। सम्भावना छ, यही बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ।
शिक्षक महासंघसँग पटक–पटक वार्ता भए पनि ठोस सहमति हुन नसक्दा मन्त्री भट्टराई थप आलोचनामा परेकी थिइन्।