×

धरान–इटहरी सडकखण्डमा कार पल्टिँदा एकको ज्यान गयो, तीन घाइते

खालीपाना न्युजडेस्क | ३ हप्ता अगाडि

धरान–इटहरी सडक खण्डअन्तर्गत चारकोसे जङ्गल नजिक गएराति कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

धरानबाट इटहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३०च ४६१८ नम्बरको कार अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाले दुर्घटनाबारे जानकारी दिएका हुन्।

उनका अनुसार सो कारमा चार जना सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका इटहरी–१ निवासी ४० वर्षीय विष्णु राउतको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको हो।

घटनामा कार चालक रामधुनी नगरपालिका–७ का ३० वर्षीय विवेक लामा, इटहरी–४ का ४३ वर्षीय गङ्गा बस्नेत र इटहरी–१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन्।

प्रहरीका अनुसार चालक लामा र बस्नेतको स्वास्थ्य अवस्था सामान्य छ भने घाइते कटुवाललाई थप उपचारका लागि विराटनगरस्थित विराट मेडिकल कलेजमा पठाइएको छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *