×

तुलसी दिवस र तोया गुरुङ सम्मानित हुने

खालीपाना न्युजडेस्क | ८ महिना अगाडि

बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले आगामी वर्ष 2082 का लागि ‘बसुन्धराश्री पुरस्कार’ प्रख्यात साहित्यकार तुलसी दिवसलाई‘मानश्री पुरस्कार’ सशक्त कवयित्री तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष डा. दुबसु क्षेत्रीका अनुसार, आज बसेको विशेष बैठकले सो निर्णय गरेको हो।

तुलसी दिवस नेपाली आधुनिक कविता र लोकसंस्कृतिको अध्ययन, अनुसन्धान तथा सम्वर्द्धनमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। नेपाली बाङ्मयको गरिमा बढाउन उनको योगदान उल्लेखनीय रहेको भन्दै रु. ७५,००० राशिको बसुन्धराश्री पुरस्कार दिने निर्णय गरिएको हो। धनकुटामा वि.सं. १९९८ सालको असार महिनामा जन्मिएका दिवसका ‘तुलसी दिवसका कविता’, ‘नेपाली लोककथा’ र ‘धिमाल लोकधर्म संस्कृति’ लगायत कृतिहरू प्रकाशित छन्।

त्यसैगरी, तोया गुरुङलाई नेपाली साहित्यमा कविता, मुक्तक र कथामार्फत पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै रु. ५०,००० राशिको मानश्री पुरस्कार दिने निर्णय गरिएको हो। वि.सं. २००४ सालको चैतमा सिन्धुपाल्चोकमा जन्मिएकी गुरुङका ‘सूर्यदह’, ‘धुपी’, ‘देवल घुमेपछि’, ‘तोया गुरुङका कविता’, ‘पुनरावृत्ति’, ‘कुसुम’ र ‘अस्पृश्य’ जस्ता कृतिहरू प्रकाशित छन्।

बसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले वि.सं. २०५७ सालदेखि नेपाली साहित्यमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई यी पुरस्कारहरूद्वारा सम्मान गर्दै आएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x