×

पर्वतारोहण पेशामा संलग्नहरूका लागि सामाजिक सुरक्षा कोष निर्माण हुँदै, पर्यटन बजेटमा महिला उद्यमशीलता प्राथमिकतामा

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहण क्षेत्रलाई सुरक्षित बनाउँदै त्यहाँ संलग्न व्यक्तिहरूका लागि सामाजिक सुरक्षा कोष स्थापना गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।

नेपाल पर्यटन बोर्डद्वारा ललितपुरमा आयोजित “डिजिटल युगमा नेपाली पर्यटन उद्योगमा महिलाको भूमिका” विषयक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले पर्वतारोहणसँग सम्बन्धित सामाजिक सुरक्षा कोषको प्रारूप तयार भइसकेको र चाँडै कार्यान्वयनमा ल्याइने जानकारी दिएका हुन्।

त्यस्तै, पर्यटन क्षेत्रमा सक्रिय महिलाहरूलाई प्रोत्साहन गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।
उनले निजी र सरकारी क्षेत्रको सहकार्यबाट पर्यटन विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सकिनेमा जोड दिँदै सार्वजनिक–निजी साझेदारी आवश्यक रहेको बताए।

महिला उद्यमशीलतालाई पर्यटनमार्फत देशको अर्थतन्त्रको महत्वपूर्ण आधार बनाउन सकिने भन्दै आगामी आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई केन्द्रमा राखिएको धारणा समेत व्यक्त गरे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *