×

तातोपानी नाका निरीक्षणमा परराष्ट्र मन्त्री राणा, संरचना सुधारका लागि पहलको आश्वासन

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

परराष्ट्र मन्त्री आरजु राणा देउवा शुक्रबार सिन्धुपाल्चोकस्थित तातोपानी नाका र भन्सार कार्यालयको स्थलगत अवलोकनमा पुगिन्। निरीक्षणका क्रममा उनले सो नाकालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन्।

नेपाल–चीन व्यापारिक सम्बन्धको दृष्टिकोणले महत्वपूर्ण मानिने यो नाकाबाट वार्षिक रु २० अर्बभन्दा बढी राजस्व संकलन हुने गरेको छ। यस नाकालाई आर्थिक र पर्यटन विकास दुबैका लागि अझ सक्षम बनाउन सरकार सक्रिय हुने मन्त्री राणाले बताइन्।

उनका अनुसार तातोपानी नाका हुँदै चीनको धार्मिक गन्तव्य मानसरोवर पुग्न सकिने भएकाले यस क्षेत्रको पूर्वाधारलाई प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ। साथै, अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौं–कोदारी राजमार्ग र यससँग जोडिएका सडकहरूको स्तरोन्नतिमा पनि सरकारले चासो राख्ने उनले स्पष्ट पारिन्।

मन्त्री राणाले निरीक्षणकै क्रममा स्थानीय सांसद, जनप्रतिनिधि र सरोकारवाला निकायहरूसँग छलफल गर्दै पूर्वाधार विकासका विषयमा सुझाव लिएको पनि जानकारी दिइएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x