मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्ति लोकपथमा भएको इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
काठमाडौँबाट हेटौंडातर्फ गइरहेको बा.प्र. ०१–००६ ख ७०७२ नम्बरको गाडी शुक्रबार दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार उक्त दुर्घटनामा दुई जनाले ज्यान गुमाएका छन्।
मृत्यु हुनेमा सर्लाहीको बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुषी मगर र रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलमदेवी राउत रहेका छन्।
प्रहरीका अनुसार मगरको शव सडक नजिकको खोल्सामा फेला परेको थियो, भने राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो।