×

लोकप्रियता छ भने मध्यावधि निर्वाचनको माग गर्नुहोस् : ज्ञवालीको प्रचण्डलाई व्यंग्यात्मक सुझाव

खालीपाना न्युजडेस्क | ४ हप्ता अगाडि

४ वैशाख, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता परिवर्तनको चर्चा गर्नुभन्दा सिधै मध्यावधि निर्वाचनको माग गर्न सुझाव दिएका छन्।

ज्ञवालीले सामाजिक सञ्जालमार्फत प्रचण्डप्रति व्यंग्य गर्दै लेखेका छन्, “एकातिर उहाँले पार्टी अत्यन्त लोकप्रिय भएको दाबी गर्नुहुन्छ, अर्को तर्फ लगातार सरकार ढल्ने भविष्यवाणी गर्दै हुनुहुन्छ। यस्तो द्वैध व्यवहारले आश्चर्य लाग्दो स्थिति सिर्जना गर्छ।”

उनले अगाडि लेखेका छन्, “यदि साँच्चै माओवादी लोकप्रिय भएको विश्वास छ भने, हिम्मत गरेर मध्यावधि निर्वाचनको माग गर्नुहोस्। २०८४ मा जनमतले सबै कुरा प्रष्ट पार्नेछ।”

ज्ञवालीका अनुसार संसद्‌मा कुनै दलले स्पष्ट बहुमत नपाएको अवस्थामा, गठबन्धन मार्फत बहुमत जुटाउनेले सरकार बनाउने लोकतान्त्रिक प्रक्रिया हो। “लोकप्रियताको भरमा भरोसा गर्नेहरू ‘अर्ली इलेक्सन’को माग गर्छन्, सधैं सरकार ढल्छ कि भनेर ताकमा बसेर बस्दैनन्,” उनले उल्लेख गरेका छन्।

प्रचण्डप्रतिको आलोचनामा उनले नेपाली उखान प्रयोग गर्दै लेखेका छन्, “खाना खाएपछि पानी खाने ठाउँ बाँकी राख्नु है नानी हो भन्ने बुढापाकाको भनाइ सम्झनु पर्ने बेला आएको छ।”

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *