सर्लाहीको लालबन्दी नगरपालिका–११ स्थित हिरापुरबाट ठूलो परिमाणमा लागूपदार्थ गाँजासहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले मरिनबाट लालबन्दीतर्फ गइरहेको बा.२० च १७८२ नम्बरको बोलेरो गाडी चेकजाँच गर्ने क्रममा करिब २४४ किलो गाँजा बरामद गरेको हो।
गाँजा गाडीमा राखिएको धानको भुस्साको बोरा मुनि लुकाइछिपाई तस्करी गर्न लागिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। सो गाडीका चालक लालबन्दी नगरपालिका–१, नवलपुरका २५ वर्षीय सुशिल चौधरीलाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका चौधरीमाथि लागूपदार्थ सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।