[काठमाण्डौ] — FACTS Research & Analytics द्वारा तयार गरिएको “FACTS of Nepal 2025 Edition” पुस्तक औपचारिक रूपमा सार्वजनिक भएको छ। सामाजिक, आर्थिक, राजनीतिक, पर्यावरणीय लगायतका विषयमा आधारित तथ्यांक र विश्लेषणलाई आकर्षक डिजाइन र इन्फोग्राफिक्ससहित प्रस्तुत गरिएको यो पुस्तक नेपालबारेको भरपर्दो वर्षिक प्रकाशन मानिन्छ।
पुस्तकको मूल्य रू. ५०० तोकिएको भए पनि, अप्रिल महिनाभरि FACTS नेपालको कार्यालयमा सिधा खरिद गर्दा ३० प्रतिशत छुट पाइने विशेष अफर उपलब्ध छ। छुटपछि पुस्तकको मूल्य रू. ३५० मात्र पर्छ।
पुस्तक खरिद गर्न इच्छुक पाठकहरूले FACTS नेपाल कार्यालय, रामचन्द्र मार्ग, बत्तीसपुतली, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन्।
साथै, पुस्तक WeRead (कथालयको एक शाखा) र अनलाइन प्लेटफर्म Thuprai.com मार्फत पनि उपलब्ध छ।
FACTS नेपालले प्रत्येक वर्ष प्रकाशित गर्ने यो पुस्तक तथ्यांकप्रेमी, अनुसन्धानकर्ता, विद्यार्थी तथा नीतिनिर्माताहरूका लागि विशेष उपयोगी मानिन्छ।