×

नेपालमा चरा ठोक्किएर ५ वटा विमान दुर्घटना

खालीपाना न्युजडेस्क | ६ दिन अगाडि

नेपालमा चरा ठोक्किएरै ५ वटा विमान दुर्घटना भएका छन् भन्ने तथ्य सार्वजनिक भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् १९९६ देखि २०१७ सम्मकाे अवधिमा चरा ठोक्किएकै कारण यति धेरै विमान दुर्घटनामा परेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसदमा प्रश्न दर्ता गर्दै सोधेकी थिइन् – “नेपालमा चरा ठोक्किएर कति वटा विमान दुर्घटना भएका छन्?” साथै, उनले विमानस्थलमा चरा व्यवस्थापनका लागि प्रविधि प्रयोग गर्नुपर्ने कि नपर्ने? कहिले गर्ने? भन्ने प्रश्न पनि उठाइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले संसद सचिवालयमा जवाफ पठाएका छन्। उक्त विवरणअनुसार सन् १९९६, २०००, २०१२ र २०१४ मा चरा ठोक्किएर विमान दुर्घटना भएका थिए।

अब प्रश्न उठेको छ – विमानस्थल सुरक्षित बनाउन चरा व्यवस्थापन प्रविधिमा लगानी कहिले हुन्छ?

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *