×

सिराहामा यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्यु प्रकरणमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

सिराहा, चैत ३४ – सिराहामा यौन दुर्व्यवहारमा परेकी एक महिलाको मृत्यु भएको घटनामा गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै आवश्यक छानबिन गर्न निर्देशन दिएका छन्।

बुधबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई घटनाबारे यथाशीघ्र आवश्यक अनुसन्धान अघि बढाउन निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

सिराहा जिल्लाको नवराजपुर गाउँपालिका–३, जगतपुर दोनवारीमा २४ वर्षीया आनन्ददेवी सदाय मंगलबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रारम्भिक विवरणअनुसार, चार महिना अगाडि उनी यौन दुर्व्यवहारमा परेकी थिइन्।

घटनाको प्रकृति संवेदनशील रहेकाले पीडितको मृत्युको कारण र पृष्ठभूमिबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने आवाज उठिरहेको छ। गृहमन्त्रालयले घटनालाई प्राथमिकतामा राखी छानबिन प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x