×

ललितपुरमा दाजुले गरे ११ वर्षीया बहिनीको हत्या, शव पानी ट्यांकीमा फेला

खालीपाना न्युजडेस्क | १० महिना अगाडि

ललितपुरको खपिन्छेँ टोलस्थित एक घरको पानी ट्यांकीमा ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको छ। बझाङकी दुर्गालाई उनका १५ वर्षीय दाजुले घाँटीमा डोरी कसी हत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दुर्गाको परिवार उक्त घरबाट फागुन २८ गते नै सरेको भए पनि उनीहरू चैत ४ गते कपडा लिन गएका बेला घटना भएको अनुसन्धानबाट खुलेको छ।

दाजु र बहिनी दुबै जनाले लागुऔषध सेवन गरेपछि मैनबत्ती निभेको निहुँमा विवाद भएको बताइएको छ। त्यसक्रममा दाजुले घाँटी कसी हत्या गरेको बयान दिएका छन्। हत्या गरेपछि उनी घर फर्किए पनि भोलिपल्ट आएर शव ट्यांकीमा लुकाएर फरार भएको अनुसन्धानमा खुलेको हो। चैत २९ गते नयाँ बासिन्दा सञ्जय बोगटीले ट्यांकी सफा गर्दा दुर्गाको सडेको अवस्थामा शव भेटिएको थियो।

प्रहरीका अनुसार दुर्गा र उनका दाजु दुबै लागुऔषधमा संलग्न थिए। दुर्गा बेलाबेलामा घर छाडेर हिँड्ने गरेकी थिइन् भने परिवारले पनि बेवास्ता गर्न थालेको देखिएको छ। पोस्टमार्टम रिपोर्टमा घाँटी कसेर हत्या भएको पुष्टि भए पनि अन्तिम रिपोर्ट आउन बाँकी छ।

हाल जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका नाबालक दाजुलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ।

Facebook Comments Box
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x